FAQs Complain Problems

संक्षिप्त परिचय

स्थापना: २०७३
जम्मा वडा: ५
जनसंख्या: २६६७१
क्षेत्रफल: २४.९ ( वर्ग कि.मी.)
समावेश गाविसहरू: मिर्जापुर, सम्झौता, जयमङ्गलापुर, तुलसीवरवा र भिस्वा गा.वि.स.

यस गाउंपालिका वडा नं ४ तुलसीवरवामा बर्षौ देखि मान्दै आएको छिपहरमाई देवीको नाममा यो गाउंपालिकाको नामाकरण गरीएको हो l पुर्वमा पकाहामैनपुर गाउंपालिका र कालिकामाई गाउंपालिका, पश्चिममा छिमेकी देश भारत, उतरमा धोबिनी गाउंपालिका र दक्षिणमा छिमेकि देश भारत रहेको छ l छिपहरमाई गाउंपालिका पर्सा जिल्लाको नयां गाउंपालिकाको रुपमा २०७३/११/०९ गतेको दिन निर्णय भइ २०७३/११/२७ मा राजपत्रमा प्रकाशित भइ विधिवत रुपमा स्थापना भएको गाउंपालिका हो l महा नगरपालिका विरगंज देखि २९ कि.मि दुरीमा रहेको छ l यस गाउंपालिकाको कार्यालय साबिक भिस्वा गा.वि.स हाल वडा ५ भिस्वामा रहेको छ l यहाका स्थानीयहरुको आम्दानीको मुख्य स्रोत भनेको खेतीपाती तथा ज्यालादारी रहेको छ l

 

जन प्रतिनिधि तथा कर्मचारी